• २७ पुस २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमाथि पुलिसको फराकिलो जित

blog

रन जोडेपछि पुलिसका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १७ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा लुम्बिनी प्रदेशमाथि एक सय तीन रनको फराकिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार जितका लागि पुलिसले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । जितसँगै अपराजित रहेको पुलिसले आठ खेलबाट १६ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको पुलिस यसअघिनै फाइनलमा पुगेको छ । पराजित लुम्बिनीले नौ खेलबाट दुई अङ्क बनायो । 

यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २१ रनले हरायो । जितका लागि कर्णालीले दिएको गरेको दुई सय सात रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८५ रनमा समेटिएको थियो । पराजित एपिएफले आठ खेलबाट १० अङ्क बनाएको छ । विजेता कर्णालीले नौ खेलबाट आठ अङ्क जोड्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।