• २७ पुस २०८१, शनिबार

यु–१९ विश्वकप क्रिकेट : सुपरसिक्सको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

blog

बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल । तस्बिरः क्यान

काठमाडौँ, माघ १७ गते । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्स पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।

जिता लागि नेपालले दिएको एक ७० रनको मध्यम लक्ष्य बङ्गलादेशले २५.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । बङ्गलादेशका लागि अरिफु्ल इस्लामले अविजित ५९ रन बनाउनुभयो । जिसान आलमले ५५ र असिक्वीर रहमानले १६ रन बनाउनुभयो । बलिङमा नेपालका सुवास भण्डारी एक्लैले पाँच विकेट लिएपनि टोलीको हार टरेन । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एम ६९ रन बनाएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाउनुभयो । कप्तान देव खनालले ३५, सुवास भण्डारीले १८ र दुर्गेश गुप्ताले नो रन बनाउनुभयो । बलिङमा बङ्गलादेशका रोहन दौलाह बोरसनले ४ विकेट लिनुभयो भने सेख पैभेज जीबोनले ३ विकेट हात पार्नुभयो । 

अब नेपालले सुपर सिक्सको दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ।  विश्वकपमा समूह  ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो। अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो।