• ९ पुस २०८१, मङ्गलबार

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट

blog

बिहीबार भएको मतदानमा निर्वाचित राष्ट्रिय सभाका १९ सदस्य ।

काठमाडौं, माघ ११ गते। राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो। 

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी हुनुभएको छ।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो। 

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो। 

लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ। 

कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ। 

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ। 

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ। 

त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ।  

प्रेस विज्ञप्ति

मितिः २०८०।१०।११

 

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको सम्वन्धमा

आज मिति २०८०/१०/११ गते विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा प्राप्त भएको छ ।

प्राप्त विवरण अनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको श्री रुकमिणी कोइरालाले प्रदेश सभा सदस्य तर्फको ४९ मतको २५९७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १३१ मतको २४८९ मतभार प्राप्त गर्नु भई कूल १८०  मतको सबैभन्दा बढी कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णप्रसाद सिटौलाले प्रदेश सभा सदस्यतर्फको ४५ मतको २३८५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १५३ मतको २९०७ मतभार प्राप्त गर्नु भई कूल १९८  मतको सबैभन्दा बढी कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यो पनि पढ्नुहोस

गण्डकीमा सत्ता गठबन्धनका तीन उम्मेदवार विजयी

बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

मधेश प्रदेशमा गठबन्धन विजयी

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपाल दलको श्री पूजा चौधरीले प्रदेश सभा सदस्यतर्फको ७६ मतको ४०२८ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको २०५ मतको ३८९५ मतभार प्राप्त गर्नु भई कूल २८१ मतको सबैभन्दा बढी कूल ७९२३ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

मधेश प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री आनन्दप्रसाद ढुंगानाले प्रदेश सभा सदस्य तर्फको ५७ मतको ३५५१ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको २०१ मतको ३८१९ मतभार प्राप्त गर्नु भई कूल २६८  मतको सबैभन्दा बढी कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री बिष्णुदेवी पुडासैनीले प्रदेश सभा सदस्यतर्फको ६४ मतको ३३९२ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १७० मतको ३२३० मतभार प्राप्त गर्नु भई कूल २३४ मतको सबैभन्दा बढी कूल ६६२२ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

 बागमती प्रदेशको दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री घनश्याम रिजालले प्रदेश सभा सदस्यतर्फको ६३ मतको ३३३९ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६७ मतको ३१७३ मतभार प्राप्त गर्नु भई कूल २३० मतको सबैभन्दा बढी कूल ६५१२ मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री श्रीकृष्णप्रसाद अधिकारीले प्रदेश सभा सदस्यतर्फको ६२ मतको ३२८६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६ मतको ३०९७ मतभार प्राप्त गर्नु भई कूल २२५ मतको सबैभन्दा बढी कूल ६३८३ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री जितजगं बस्नेतले प्रदेश सभा सदस्यतर्फको ६३ मतको ३३३९ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६८ मतको ३१९२ मतभार प्राप्त गर्नु भई कूल २३१ मतको सबैभन्दा बढी कूल ६५३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री मनरुपा शर्माले प्रदेश सभा सदस्यतर्फको ३५ मतको १८५५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ९५ मतको १८०५ मतभार प्राप्त गर्नु भई कूल १३० मतको सबैभन्दा बढी कूल ३६६० मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

गण्डकी प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री पदमबहादुर परियारले प्रदेश सभा सदस्यतर्फको ३५ मतको १८५५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १०१ मतको १९१९ मतभार प्राप्त गर्नु भई कूल १३६ मतको सबैभन्दा बढी कूल ३७७४ मतभार तथा अन्य समुदायतर्फ नेपाली काँग्रेस दलको श्री किरणबाबु श्रेष्ठले प्रदेश सभा सदस्यतर्फको ३६ मतको १९०८ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १०० मतको १९०० मतभार प्राप्त गर्नु भई कूल १३६ मतको सबैभन्दा बढी कूल ३८०८ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री विष्ण्कुमारी सापकोटा ले प्रदेश सभा सदस्यतर्फको ५२ मतको २७५६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १४१ मतको २६७९ मतभार प्राप्त गर्नु भई कूल १९३ मतको सबैभन्दा वढि कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । लुम्विनी प्रदेशको अन्य समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री झक्कुप्रसाद सुवेदीले प्रदेश सभा सदस्यतर्फको ५२ मतको २७५६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १४१ मतको २६७९ मतभार प्राप्त गर्नु भई कूल १९३ मतको सबैभन्दा बढी कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री सावित्री मल्लले प्रदेश सभा सदस्यतर्फको २९ मतको १५३७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ११५ मतको २१८५ मतभार प्राप्त गर्नु भई कूल १४४ मतको सबैभन्दा बढी कूल ३७२२ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

कर्णाली प्रदेशको दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको  श्री विष्णुबहादुर विश्वकर्माले प्रदेश सभा सदस्यतर्फको २९ मतको १५३७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १४९ मतको सबैभन्दा वढि कूल ३८१७ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णबहादुर रोकायाले प्रदेश सभा सदस्य तर्फको ३० मतको १५१९ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १५० मतको सबैभन्दा वढि कूल ३८७० मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री रेनु चन्दले प्रदेश सभा सदस्य तर्फको ४१ मतको २१७३ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १६१ मतको सबैभन्दा बढी कूल ४४५३ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री नारायणदत्त भट्टले प्रदेश सभा सदस्यतर्फको ४० मतको २१२० मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२१ मतको २२९९ मतभार प्राप्त गर्नु भई कूल १६१ मतको सबैभन्दा वढि कूल ४४१९ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री बलदेव बोहराले प्रदेश सभा सदस्यतर्फको ३९ मतको २०६७  मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ११९ मतको २२६१ मतभार प्राप्त गर्नु भई कूल १५८ मतको सबैभन्दा वढि कूल ४३२८ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आयोग सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गर्दछ ।

(शालिग्राम शर्मा पौडेल)

सह सचिव/प्रवक्ता