• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

blog

राष्ट्रिय सभा सदस्यमा विजयी भएका सत्ता गठबन्धनका उम्मेदवार ।

अविनाश चौधरी

धनगढी, माघ ११ गते । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरी उहाँहरू विजयी हुनुभएको हो ।

अन्यतर्फ कांग्रेसका बलदेव बोहरा चार हजार ३२८ मतभार पाएर विजयी हुनुभएको छ । यसैगरी, महिलातर्फ नेकपा (माओवादी केन्द्र) का रेणु चन्द विजयी हुनुभयो । उहाँले चार हजार ४५३ मतभार प्राप्त गर्नुभएको छ । अपाङ्गतर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट चार हजार ४१९ मतभार पाएर विजयी हुनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित हुनुभयो । सुदूरपश्चिम प्रदेशमा २२८ मत रहेकोमा २२५ मत खसेको थियो ।