• १२ साउन २०८१, शनिबार

आँधीखोलामा पाचँ दिने निःशुल्क दन्त शिविर

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ १ गते । आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर हुनेभएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने बताउनुभएको हो ।  

नेलम्बो नेपालको सहकार्यमा हुने शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकावासीहरू लाभान्वित हुने पालिकाले विश्वास लिएको छ । शिविरमा दन्त परीक्षण, दाँतको एक्स-रे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण हुनेछ ।

दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । गाउँ बस्तीमा पुग्दा होस् वा अन्य समयमा भेट हुँदा प्राय दाँतको समस्या सुनिएको बताउँदै पौडेलले वृद्ध बुबा आमाहरूले दाँत सम्बन्धी समस्या रहेको गुनासो गरेको बताउनुभयो । 

दाँतको उपचार पद्धति अलि जटिल र महँगो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै पाँच दिनसम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिविर गरेको पौडेलले बताउनुभयो । 

शिविरमा आँधीखोला गाउँपालिका मात्र नभई पुतलीबजार, फेदिखोलाँ र पर्वतको फलेबासका बिरामी समेत सहभागी हुनेछन् ।