• १३ असोज २०८१, आइतबार

गाडी पल्टिँदा एकको मृत्यु, २५ घाइते

blog

दुर्घटनामा परेको फोर्स गाडी । तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

सिराज खान 

नेपालगन्ज, पुस २६ गते । सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई विहिबार बेलुका पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाईते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।