• १३ असोज २०८१, आइतबार

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

ललितपुर, पुस २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा ‘मागदाबी नपुग्ने’ निर्णय सुनाएको हो ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा राख्नुभएको धारणाले  अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि  शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले सो निर्णय सुनाएको हो ।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको बताउनुभएको थियो ।यसको पूर्णपाठ आउन बाँकी छ ।