• ८ मंसिर २०८१, शनिबार

रुख, बिरुवा र झारपात (कविता)

blog

 रुख

 टुप्पो !

 आकाशमा अग्लिन्छ

 अग्लिएर फैलिन्छ

ढाड !

हाँगामा अलमलिन्छ

अलमलिएर लरबरिन्छ

जरा

धरतीभित्र घुस्रिन्छ

घुस्रिएर घस्रिन्छ ।

०००

बिरुवा

बीज थियोे उम्रिन्छ

लहलहाउँदै फूल फुल्छ

शोभा बढाउँदै आकर्षित गर्छ

आफ्नो तन देखाउँदै

अरूको मन जित्छ

लोभ्याउँदै हराभरा हुन्छ

कसैले उखेल्छ र आफ्नो बारीमा सार्छ

कसैले फूल टिप्छ, सुँघ्छ र सिउरिन्छ

यसरी बिरुवा सबैको प्यारो हुन्छ ।

०००

झारपात

रुखका टुप्पोका,

हाँगाका

सबै पातहरू झरे

बिरुवाका लहराका

फूलहरू र

पातहरू पनि सबै झरे,  सुके

कसैले मल बनाए,

कसैले कुल्चिए

सबैका लागि झारपात भए ।