• ९ मंसिर २०८१, आइतबार

राज्य व्यवस्था समिति बैठक, एनसेलको विषयमा छलफल हुँदै

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी । तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी हुनुभएको छ ।

बैठकमा एनसेलको विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायत पनि सहभागी हुनुहुन्छ ।

एनसेलको विषयमा सरकारकातर्फबाट के कस्तो कारबाही भइरहेको छ ? सो सम्बन्धमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।