• १५ वैशाख २०८१, शनिबार

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स

blog

काठमाडौं, मङ्सिर २८ गते । चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदन अनुसार गत वर्षको सोही समयको तुलनामा यस वर्ष २६.४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । समीक्षा अवधिको चार महिनामा अमेरिकी डलरमा २३.१ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।