• ८ मंसिर २०८१, शनिबार

महानगर कर्मचारी–११ विजयी

blog

मैत्रीपूर्ण फुटबलको उद्घाटनमा निर्णायकलाई बल हस्तान्तरण गरिँदै ।

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी–११ सोमबार विजयी भएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि–११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलले विजयी भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले राष्ट्रिय रेफ्री तथा राखेपका नायब वरिष्ठ अधिकृत ओमनाथ न्यौपानेलाई एक कार्यक्रमबिच बल हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । 

सो अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोललगायतको उपस्थिति रहेको थियो । महानगर दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।