• १२ साउन २०८१, शनिबार

राहत बोकेर रास्कोटका माओवादी नेता भूकम्प प्रभावित क्षेत्रमा

blog

माओवादी नेता राहत लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर १३ गते । 
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सङ्कलन भएको राहत सामग्रीलिएर नेताहरू भूकम्प प्रभावित क्षेत्र तिर गएका छन् । नगरका विभिन्न नागरिकबाट जम्मा गरेको राहत लिएर नेकपा (माओवादी केन्द्र) का नेताहरू त्यसतर्फ गएका हुन् ।

माओवादी केन्द्रका नेताहरू ऐन बहादुर शाही, मिमसरा बम शाही, माओवादीका नगर अध्यक्ष पदमबहादुर खड्का सङ्कलन गरेको राहत बोकेर जाजरकोटतर्फ गएका हुन् ।

माओवादी केन्द्र रास्कोट नगरका सदस्य ध्वजबहादुर शाहीले प्रत्येक नागरिकको घरबाट जम्मा गरेको खाद्यान्न लगायतका राहतका सामग्री लिएर नगर अध्यक्ष पदम खड्का लगाए चार जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको बताउनुभयो ।

नगर इन्चार्जसहित रास्कोट नगरपालिका पार्टीतर्फबाट राहत लिएर जाजरकोट र रुकुम तिर गएको उल्लेख गरिएको छ ।