• १२ साउन २०८१, शनिबार

आगलागीमा परी चार जनाको मृत्यु एक घाइते

blog

काठमाडौँ, मङ्सिर ९ गते । शुक्रबार राति करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । 

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ ।

यता  बर्दिया गुलरिया नगरपालिका-४ का २७ वर्षीया करिश्मा चन्द घाइते हुनुभएको छ ।