• १३ असोज २०८१, आइतबार

मण्डलामा ‘मानिस हराएको सूचना’

blog

काठमाडौँ, मङ्सिर २ गते । लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । 

नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अनेकौँ पीडालाई समेट्दै अन्धकारबाट उज्यालोतर्फ जान खोजिएको छ । एभरेस्ट फिल्म एकेडेमीका कलाकारहरू र मण्डला थिएटरका रङ्गकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा, पुकार चापागाईंबिचको सहकार्यमा नाटक बनेको छ ।

नाटकलाई अमित गिरी र सन्तोष विष्टले निर्देशन गर्नुभएको छ । ब्लु डाइमन्ड सोसाइटी र झ्याल आर्ट्सले प्रायोजन गरेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटर नेपालको सहकार्य रहेको छ । नाटक मङ्सिर १५ देखि २४ गतेसम्म प्रदर्शन हुँदै छ ।