अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २९ गते । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर मृत्यु भएको छ ।
स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
२२ वर्षे सन्तोषको चापाकोट ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनामा परेको गण्डकी प्रदेश भलिबलका क्याप्टेन हरि पाण्डेले जानाकारी दिनुभयो । गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेल्नुभएका सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समते खेल्दै आउनुभएको थियो ।
गण्डकीका उदीयमान खेलाडी थापाले एपिएफबाट एनभिए, लामाचौर र किङ्स कप खेल्नुभएको थियो ।