• २२ असार २०८२, आइतबार

भाइटीकाको दिन मौसम सफा रहने

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २८ गते । भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ । 

यस्तै भूकम्प प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।