• ६ जेठ २०८१, आइतबार

राष्ट्रिय समन्वय परिषद् जापानले १४ लाख सहयोग गर्ने

blog

भूकम्पबाट पीडितहरूको उद्धार गर्दै सुरक्षाकर्मी ।

काठमाडौं, कात्तिक १८ गते । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्धारका लागि करिब १४ लाख रुपियाँ (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ।

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पीडितहरूको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिनुभयो । 

अध्यक्ष  निउरेले भन्नुभयो, ‘‘यस दुःखद घडीमा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पीडित नागरिकका लागि राहत स्वरूप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौँ ।’’

 अध्यक्ष  निउरेले तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ।

एनआरएनए जापानका प्रवक्ता खगराज गौतमद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए जापानको नेतृत्वमा ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ सञ्चालन गरिने जानकारी दिनुभयो ।