• ९ मंसिर २०८१, आइतबार

पुनर्मिलन

blog

 ‘ट्वाक् ट्वाक्... ट्वाक्... ट्वाक्...’ आवाज दिए अंशु र जनकले ।

घ-याक्क ढोका खोल्यो प्रभातले ।

“दाइ निदाउनुभएको छैन ?”

“छैन, केही काम थियो र अंशु ?”

“अँ सानो तिनो...  खासै त होइन ।” अक्मकाई अंशु ।

“आऊ, भित्रै आऊ । आइस्यो ज्वाइँ साहेब, भित्रै आइस्यो ।” सम्हालिन खोज्दै उठ्यो प्रभात ।

 पलङको दुई छेउमा बसे उनीहरू । ‘दाइ बस्नु न ।’ अंशुको आग्रह स्वीकार्दै सोफामा बस्यो ऊ । प्रायः अंशु सोफामा बस्थी । जनक अक्कलझुक्कल मात्रै पस्थ्यो प्रभातको कोठामा । केही गफ गर्नु परे किचनमा वा गेस्ट रूम नै गर्थे । तर यस पटक दुवै जना कोठामा पुगेका थिए । उसले अनुमान लगाउन सकेको थिएन । किन आए उनीहरू भनेर ।

“दाइ हिजो राति खुबै बर्बराउनुभएको थियो, अल्ली बिसन्चो थियो कि ?” कुरो कोट्याउने बाहना बनाउन थाली अंशुले ।

“हैन, हैन म ठिकै छु ।” प्रभातले कुरो लुकाउन खोज्यो । केही दिनदेखि साँच्चिकै उसलाई उकुसमुकुस हुन थालेको थियो । राति राति ऐठनले सताउन थालेको थियो ।

“प्रभालाई किन सम्झिरहनु हुन्छ दाइ ? किन उसको नाम लिइरहनु हुन्छ ? हाम्रो मायाले किन जित्न सकेन हजुरको मनलाई ?” अंशुले प्रश्न बर्साउन थाली ।

हरेक प्रश्नले आश्चर्य पारे प्रभातलाई । अंशुलाई प्रभा र प्रभातको बारेमा सबै थाहा थियो । आज एकाएक किन सोधी अंशुले प्रभाको बारेमा ? केही बुझ्न सकेन प्रभातले । यसरी कहिल्यै सोधेकी पनि त थिइन् । केही बोल्न सकेन ऊ । हरेक प्रश्नमा एक एक इन्चको दरले शिर तल झार्दै थियो प्रभातले । जनकलाई निकै सम्मान गथ्र्यो उसले । यी प्रश्नहरूले उसलाई आत्मा ग्लानि गराए । यतिका सोध्नु नै थियो भने एक्लै सोधेको भए पनि त हुने ? मनमा कताकता रिस पनि उठ्यो । रिस देखाउन सक्ने स्थितिमा पनि त थिएन ऊ । केही वर्षदेखि उसको साहरा भनेकै जनक र अंशु न थिए ।

“दाइलाई अप्ठेरो भयो कि ?”

“हो प्रभाको नामले मलाई सताउन छोडेको छैन अंशु ।”

“बिर्सनु पर्छ अब प्रभालाई ।”

“म आपूmलाई बिर्सन सक्छु, प्रभालाई बिर्सन सक्दिनँ ।”

 “त्यस्तो धोकेबाजलाई  सम्झेर के गर्ने ?” ठाड ठाडा प्रश्नहरू गर्दै गई अंशुले एकपछि अर्को गर्दै ।

 “हैन, उसले मलाई धोका दिई, मैले त उसलाई धोका दिएको छैन नि ।”

 “अझै पनि प्रभालाई उत्तिकै माया गर्नु हुन्छ त ?” जनकले थपे प्रश्न । एक छिन त ज्वाइँसँग यस विषयमा कुरा गर्न अप्ठ्यारो लागेको थियो प्रभातलाई तर उसको वास्तविकता जनकलाई पनि पूर्ण रूपले थाहा भइसकेको थियो । त्यसैले जवाफ दियो प्रभातले ।

 “हो, ज्वाइँ साहेब, म प्रभालाई अझै पनि माया गर्छु, उत्तिकै जति पहिला माया गर्थें ।”

 “प्रभाले पश्चाताप गरी आएमा स्वीकार्नु हुन्छ त ?” झस्याङ्ग भयो प्रभात यस पटक ।

“यो हुनै सक्दैन ।”

“नहुने भन्ने के नै छ र ?”

 “यो जन्ममा प्रभा मेरी हुनै सक्दिनँ !” ठोकुवा ग-यो प्रभातले ।

 “हुन सक्छे, असम्भव के छ ?” जनकले पनि ठोकुवा ग-यो ।

 “कसरी सक्छे ? ऊ त अनिसकी भइसकी । म आफ्नो खुसीका लागि अनिसबाट छुटाएर ल्याउन पनि त सक्दिनँ । फेरि ऊ आउने कुरा पनि त भएन ।”

“छुटाएर ल्याउनुपर्छ भन्ने पनि त केही छैन । ऊ आउन चाही भने त भैगयो नि ।”

“यो कल्पना गर्नु बेकार छ ज्वाइँसाब । हामीले सोचे जस्ती छैन प्रभा । उसका लागि मैले के गरिनँ ? ऊ मसँग नहोस् केही छैन तर सुखी रहोस् । उसको खुसीमा म खुसी छु ।”

 अंशुले जनकका हरेक कुरामा होमा हो थप्दै थिई ।  जनक र प्रभातको कुराकानी जारी थियो । अंशु कोठाबाहिर निस्की । सरासर प्रभाको कोठामा गई । अंशुलाई देखेर विस्तारामा पल्टिएकी प्रभा उठेर बसी ।

 “प्रभा, अतीत बिर्सनु पर्छ तिमीले ।”

 “मैले ठुलो गल्ती गरेछु अंशु, तिमीहरूलाई नचिनेर ।”

“हैन केही छैन, नहुनु थियो भै हाल्यो अब आउने कुराको विचार गर्नु पर्छ ।”

 “म प्रभातसँग माफी माग्न चाहन्छु ।”

“प्रभातलाई माया लाग्छ कि लाग्दैन नि ?”

“उसैको मायाले पोलेर त यो अवस्थामा आइपुगेँ म ।”

 “प्रभात दाइले त अझै पनि उत्तिकै माया गर्नु हुन्छ, जति पहिला गर्नु हुन्थ्यो ।”

“म प्रभातका अगाडि मुख देखाउन लायक पनि छैन ।”

 “हीनताबोध पाल्नु हुँदैन प्रभा ।”

 “गल्ती मबाटै भएको हो ।”

“गल्ती माफी दिए त भैहाल्यो नि !”

 “म माफी माग्न लायक पनि छैन ।”

“त्यसो त नभन प्रभा, दाइले अझै पनि तिम्रै नाममा विवाह नै गर्नु भएको छैन ।”

“म जस्तो असत्ती, धोकेबाजले सात जन्म दुःख पाउनु पर्छ ।”

“माया त लाग्छ नि ।”

“लाग्छ, किन नलाग्नु ? मेरो पहिलो प्रेम नै प्रभात हो तर मैले बाटो बिराएर पो त !” “तिमी प्रभातसँग भेट गर्न चाहन्छ्यौ ?”

“उनी त नेपालगञ्जमै होलान् नि ? कोसँग बस्छन् ?”

“हैन हैन उहाँ यही हुनुहुन्छ ।”

“कहाँ लन्डनमा ?”

“अँ लन्डनमा हाम्रै घरमा । हो यतै आउनुभएको छ ।” प्रभा आत्तिई । जुरुक्क उठी । अनुहार रङ एकाएक उत्रियो । खलखली पसिना आउन थाल्यो ।

“अंशु म जान्छु ।” हड्बडाउँदै बोली ।

“कहाँ ? किन उडेकी ?”

“धेरै टाढा, प्रभातले कहिल्यै नदेख्ने ठाउँमा ।”

“म तिमीलाई यहाँबाट जानै दिन्नँ ।”

“अंशु बिन्ती मलाई छोडिदेऊ !”

“अँह, तिमीले प्रभातसँग भेट गर्नै पर्छ । यो मेरो आग्रह हो ।” जबरजस्ती गरी अंशुले । “अंशु जबरजस्ती नगर । मैले के नाकले मुख देखाउनु ?” प्रभा बाहिर निस्कन खोजी । अंशुले हात समातेर बिस्तारामा बसाली । उता प्रभात र जनकको दोहोरी चल्दै थियो भने यता प्रभा र अंशुको । धेरै प्रयास गर्दा पनि उम्किन सकिनँ प्रभा । अंशुले प्रभालाई घरी सम्झाई घरी थर्काई ।

प्रभाले गल्ती गरेकी थिई । आवेशमा प्रभातको मेख मार्नकै लागि धनी बाबुको छोरो अनिससँग बिहे गरेकी थिई । धर्म बहिनी अंशुप्रति शङ्का गर्दै तथानाम गाली गरेकी थिई उतिबेला प्रभाले अंशुलाई  । शङ्काले लङ्का जलाउँछ भने भँैm प्रभाको जीवन नै जलाइदिएको थियो । खण्डहर बनाइदिएको थियो । डढेलो लागेको जङ्गल जस्तो बनाइदिएको थियो ।

अंशुलाई प्रभातको पे्रमिकाका रूपमा हेर्नाले नै सम्बन्ध टुव्रिmएको थियो । अनिससँगको सम्बन्ध फलदायी बन्न सकेन अंशुको । बिहेको दोस्रो वर्षबाट नै अनिस बिरामी पर्न थाल्यो । बुढा बुवाआमा र रोगी अनिसको स्याहार सुसारमा प्रभाको दैनिकी बित्न थाल्यो । सम्भव भएसम्म सबै गरेकी थिई उसले । रोग निको हुनुको साटो झनझन बल्झिँदै गयो । पछिपछि त सासूससुरालाई समेत रोगले समात्न थाल्यो । तीन तीन जनाको उपचार गर्दा गर्दा भएको सम्पत्ति पनि सकिँदै गयो । एक वर्षको फरकमा सासूससुरा बिते । अनिसको अवस्था पनि दिनप्रतिदिन  गिर्दो थियो । सुने र जानेसम्मका सबै ठाउँमा पु-याएकी थिई प्रभाले । अन्तिम प्रयास स्वरूप भएभरको सम्पत्ति बेचेर लन्डन पुगेकी थिई ऊ अनिसलाई लिएर ।

जानेर जनकको अस्पतालमा पुगेकी थिइन् ऊ । अनाथको साहरा दैव भने जस्तै भयो । नेपालीप्रतिको प्रेम सकेसम्म पोख्यो अनिसले । बेखर्ची हुँदासमेत सहयोग ग¥यो । तर अनिसलाई बचाउन सकेन । प्रभा बेसाहारा बनी । बिपत्मा परेकी प्रभाको बारेमा अंशुसँग कुरा ग-यो । अंशुलाई दया लाग्यो । केही दिन आफ्नै घरमा राख्ने सल्लाह दिई अंशुले ।

अंशुलाई प्रभाको अवस्था देख्दा दया लाग्यो । सुरुमा चिन्न सकिन उसले पनि । अंशुलाई सुरुमै चिनी प्रभाले भने । उसलाई अप्ठ्यारो लाग्यो । अंशु र जनकको पछि लाग्न गाह्रो भयो । सहज बनाई अंशुले । प्रभालाई सहयोगको खाँचो थियो । 

अन्यत्र जाने ठाउँ पनि त थिएन । घर फर्कने न पैसा थियो, न त घर नै थियो । उसको अगाडिको संसार अँध्यारो नै अँध्यारो थियो । एक्लै अँध्यारो छिचोल्ने सम्भावना पनि थिएन । त्यसैले पनि अंशु र जनकको पछि लागेकी थिई ऊ ।

प्रभालाई धेरै सम्झाई अंशुले । हो उसको अगाडि अँध्यारो नै अँध्यारो थियो । एक्लै अँध्यारो छिचोल्ने सामथ्र्य पनि थिएन ऊसँग । त्यसैले अंशुको कुरामा सहमत हुँदै गई ऊ ।

यता अंशुले प्रभालाई र उता जनकले प्रभातलाई सम्झाउने क्रम जारी थियो ।

“प्रभाको दुःख देख्न सक्नुहुन्छ कि हुँदैन त ?” प्रश्न अझै पनि थपिरहेको थियो जनकले ।

“कसरी सक्छु, ज्वाइसाब म प्रभाको दुःख देख्न ?”

“प्रभा अहिले ठुलो सङ्कटमा छ ।”

“के भयो प्रभालाई ?” आत्तियो प्रभात ।

“अनिसको मृत्यु भयो !”

“यो हुनै सक्दैन ।”

 “हो जेठान साब, यो साँचो हो, मेरै अस्पतालमा उपचार हुँदै थियो ।”

“कसरी चिन्नु भयो ? कसले ल्याको थियो उसलाई ?”

“प्रभाले ।”

“प्रभाले !” आश्चर्य मान्यो प्रभातले ।

“हो, प्रभाले ल्याएकी थिई, सबै खेतबारी बेचेर ।”

 “प्रभा अहिले कहाँ छन् ?”

“प्रभा लन्डनमै छन्, उनलाई कसैको साहरा आवश्यक छ ।”

“खुबै दुःख भएको होला विचरीलाई ।”

 “हो खुबै दुःख भएको छ, नचिनेको ठाउँ ।” आँखा रसाए प्रभातका, प्रभाको दुःखको खबरले ।

 “भेट गर्न पाए पनि हुन्थ्यो, भेट भए पनि बोल्दिनन् होला !” प्रभात दुःख व्यक्त ग-यो ।

 “बोल्छिन् पछुतो मानेकी छन् ।”

 “कहाँ छन् त उनी ?”

 “यही छन्, हाम्रै घरमा ।” जुरुक्क उठ्यो प्रभात, प्रभाको खोजीमा ।

उता अंशुले प्रभालाई निकै सम्झाई सुकेकी थिई । यता जनकले पनि प्रभातलाई  सम्झाइरहेको थियो । प्रभातले प्रभासँग धोकाको बदला लिन चाहँदैनथ्यो । सबै भाग्यको खेल सम्झन्थ्यो प्रभातले ।

जनकले प्रभाको कोठामा लैजान प्रभातलाई कोठा बाहिर निकाल्यो । उता अंशुले पनि प्रभालाई प्रभातसँग भेट गराउन कोठाबाहिर ल्याइसकेकी थिई ।  प्रभा र प्रभातको देखादेख मात्र के भएको थियो प्रभा र प्रभातका  खुट्टा अगाडि बढ्न मानेनन् । प्रभा अंशुलाई धक्काएर पुनः कोठाभित्र पसी र खुब रोई ।

प्रभातको हालत हेर्न लायक थियो । सुन्दर शरीरकी प्रभा सुकेर चिन्नै नसक्ने भएकी थिई । के गरौँ गरौँ भयो प्रभातलाई ।  पाइलाहरू टक्क अडिए । जनकले प्रभातलाई समाइरहेको थियो । अंशु प्रभा सँगसँगै कोठाभित्र पसी । रोइरहेकी प्रभालाई घरी फकाई घरी थर्काई, त्योभन्दा धेरै सम्झाई । जसरी पनि प्रभालाई प्रभातसँग मिलाउनु थियो । प्रभातको बिग्रिएको अवस्थालाई पुनः जीवित गराउनुथियो उनीहरूलाई ।

विछोडपछि न प्रभा सुखी रही न त प्रभात नै । प्रभातको स्वास्थ्य, सुन्दरता र व्यापार लथालिङ्ग भएको थियो भने प्रभाको पनि न रूप बचेको थियो न त सुन्दर स्वास्थ्य नै । धैर्यको बाँध पल्टिएको थियो प्रभाको पनि । जुन रूपमा भएको भए पनि प्रभा र प्रभातको अझै पनि जोडी मिलिरहेको थियो । दुवै दुब्ला थिए । दुवै दुःखित थिए । दुवै बेसहारा थिए ।

जनकले प्रभातलाई प्रभा भएकै कोठातिर लगे । अंशुले प्रभालाई प्रभातको कोठातिर लाने तयारी गर्दै थिइन् । दुवै आमुम्नेसामुन्ने भए । आँखा जुध्नु र अङ्कमाल गर्नुमा निमेषभरको समय पनि लागेन । पुनर्मिलनप्रति शुभकामना टक््रयाउँदै । जनक र अंशु अङ्कमाल गर्दै आफ्नो कोठातर्फ लागे ।