• ८ जेठ २०८१, मङ्गलबार

भारत एसिया कपको फाइनलमा

blog

काठमाडौं, भदौ २७ गते । भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सुपर चारको खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

भारतले सुपर चारमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । सुपर चारमा लगातार दोस्रो जित निकालेको भारतले चार अङ्क बनाएको छ ।कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालमा जितका लागि भारतले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४१.३ ओभरमा एक सय ७२ रनमा समेटिएको थियो । 

श्रीलङ्काका लागि दुनिथ वेलालागेले ४६ बलमा तीन चौका र एक छक्काको सहयोगमा अविजित ४२ रन बनाउनुभयो । धनञ्जय डी सिल्भाले ४१, चरिथा अस्लंकाले २२, सदिर समराविक्रमाले १७ र कुशल मेन्डिसले १५ रन बनाउनुभयो ।

बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिनुभयो । रवीन्द्र जडेजा र जस्प्रित बुमराहले दुई दुई तथा हार्दिक पाण्डेय र मोहम्मद सिराजले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ४८ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ५३ रन बनाउनुभयो । केएल राहुलले ३९, इशान किशनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन जोड्नुभयो ।

बलिङमा श्रीलङ्काका दुनीथ वेलालागेले पाँच विकेट लिनुभयो । चरिथ अस्लंकालले चार र महेश थिक्क्षनाले एक एक विकेट लिनुभयो । बंगलादेब सुपर चारबाट बाहिरिएको छ । अब सुपर चारमा श्रीलङ्का र पाकिस्तानबिचको विजेता टोली फाइनलमा पुग्नेछ । एजेन्सी