• १२ असार २०८२, बिहिबार

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

blog

काठमाडाैं, असार १२ गते । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउन्डेसनले यसबारे जानकारी दिएको हो । 

फाउन्डेसनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय हुनुहुन्छ । पर्यटन व्यवसायी समेत रहनुभएका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ्ग गाउँका बासिन्दा हुनुहुन्छ । शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण सङ्घको नेतृत्व गर्नुभएको थियो । 

शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपियाँ नगदसहित सम्मान गरिने बताउनुभयो ।