• १२ साउन २०८१, शनिबार

नेकपा एमाले सचिवालय बैठक

पार्टीको झण्डा तीन दिन आधा झुकाउने एमालेको निर्णय

blog

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठक ।

काठमाडौं, भदौ २६ गते । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

नेता ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाइने छ ।

बैठकमा संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् पार्टी उपाध्यक्षको लगायत हरेक आयाम र भूमिकामा नेम्वाङले आफूलाई खरो साबित गर्नुभएको मूल्याङ्कन भएको छ ।

उहाँले भन्नुभयो, “अत्यन्त दुख, पीडा, शोकको बिचमा यो बैठक सम्पन्न गरेका छौँ । पार्टीका उपाध्यक्ष संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभामा चार पटकसम्म, सभामुखमा खेल्नुभएको भूमिका, अत्यन्त लोकप्रिय नेता सुवासचन्द्र नेम्वाङको १ः५० बज हृदयाघातका कारण मृत्यु भएको छ ।” उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुहुँदै उहाँले निर्वाह गर्नुभएको भूमिकाको मूल्याङ्कन बैठकमा भएको उहाँको भनाइ छ ।

एमालेले संविधानसभाको दुई पटकसम्म अध्यक्ष कुशलतापूर्वक निर्वाह गरेको भूमिका, जस्तोसुकै तनावबिच पनि सबै पक्षलाई समेटेर सहमति र निकास निकाल्न सक्ने नेम्वाङको व्यक्तित्वको नेपाली राजनीतिक आन्दोलनमा लामो समय अभाव हुने बताएको छ ।

उहाँले आगामी असोज २ गते पार्टी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभाको आयोजना गर्ने जानकारी दिनुभयो ।




Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।