कमल खत्री
नेपालगन्ज, भदौ १५ गते । नेपालगन्जमा शनिबार किड्स क्यापिटल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको पहिलो अडिसन हुने भएको छ । नेपालगन्जको सायना क्याफेमा बिहान १० देखि १ बजेसम्म अडिसन चल्ने आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको हो ।
इभेन्ट्सको दोस्रो चरणको अडिसन १० दिन पछि हुनेछ भने फाइनल राउन्ड असोज २२ गते हुनेछ । अडिसनको किड्सतर्फका सहभागिलाई दुई वटा उमेर समूहमा विभाजन गरिएको छ । चारदेखि ८ वर्षसम्म र ८ वर्षदेखि १४ वर्षका उमेर समूहका बालबालिकाले अडिसनमा भाग लिन पाउनेछन् ।
यसैगरी, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेमा १६ देखि २३ वर्ष पुगेकाले सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष राजन बुढाक्षेत्रीले नेपालगन्जमा हुने लागेको पहिलो राउन्ड अडिसनको तयारीबाट आफूरु निकै उत्साही भएको बताउनुभयो ।
विभिन्न चरण हुँदै विजेता हुनेले बाँकेको प्रतिनिधित्व गर्दै काठमाडौं र विदेशमा हुने अन्य प्रतिस्पर्धामा पनि सहभागिताको अवसर पाउने बुढाथोकीले जानकारी गराउनुभयो ।
किड्स क्यापिटल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको स्थानीय आयोजकको रुपमा शैलजा शाहले जिम्मेवारी पाउनु भएको छ । इभेन्ट्समा मोडेल तथा कलाकार सिलास्मा हमालले मुख्य प्रायोजन गर्नुभएको छ ।
आयोजक ब्राइट इभेन्टले धनगढी, सिरहा, दाङ, काठमाडौंमा पनि इभेन्टको आयोजना गर्दै आएको छ ।