• २८ वैशाख २०८१, शुक्रबार

महिला क्रिकेट टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।

रुविना क्षेत्रीको कप्तानीमा घोषित टोलीमा तीन नयाँ खेलाडीले मौका पाउनुभएको छ । टोलीमा युवा अलराउन्डर पूजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोलले पहिलो पटक मौका पाउनुभएको हो ।

छनोट प्रतियोगिता भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक मलेसिया, बहराइन, भुटान, कतार र संयुक्त अरव इमिरेट्स (युएई) रहेका छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्नेछन् । 

नेपाली टोली 

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल।