• ९ जेठ २०८१, बुधबार

कठिन हुन्छ (कविता)

blog

कठिन हुन्छ 

आफ्नैले दिएको पीडा

आफ्नो ठानेर पिउन

विषालु काँडा माथि

नाङ्गै पाउ दौडन 

उत्साहमाथि

निर्बाध झर्ने

आहिंसाको बज्र सहन 

साह्रै कठिन हुन्छ !


कठिन हुन्छ

हिउँदको न्यानो घाम

आँङमा

धेरैबेर टिकाइराख्न

सुन्दर सपनाको महल

जीवनभर सजाएर राख्न

र मत्ता हात्तीले सोत्तर बनाएको

गुलाफको सुन्दर बगैँचा 

नाङ्गो आँखाले हेर्न ! 

दमक, झापा