• १२ साउन २०८१, शनिबार

सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

blog

मस्कट, असार १४ गते । उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै  सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै  काम गर्नुपर्नेमा जोड जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री खड्काले  सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताउनुभयो ।

उहाँले संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको भन्दै  छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारी समेत दिनुभयो  ।  सरकार र सिङ्गो संसद् एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रस्ट पार्नुभयो । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले  विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उहाँ आग्रह समेत गर्नुभयो ।

सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार ३० जून, २०२३० सम्पन्न हुनेछ ।