• २७ वैशाख २०८१, बिहिबार

बजेटमाथिको छलफलमा सांसदद्वारा अवरोध

blog

बैठकमा विरोध गर्नुहुँदै एमालेका सांसदहरु । तस्बिर : नवीन शाही

नवीन शाही

सुर्खेत, असार १३ गते । कर्णाली प्रदेशको मन्त्रालयगत बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकको प्रारम्भमै एमाले सांसदले अवरोध गर्नुभएको हो । एमालेको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । 

बजेटमा बिचौलियाको दवाव आएको कुरा स्पष्ट पार्न, सबै सांसदले प्रष्ट बुझेर पढ्न मिल्ने गरी किताब प्रकाशन गर्न र वितरणमुखी योजनालाई कटौती गर्नुपर्ने एमालेको माग छ । ‘बिचौलियाको भूमिका पर्न दिन्न भनेर प्रतिवद्धता जनाएका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले पत्रकार सम्मेलनमार्फत दवाव आएको सम्बन्धमा दिएको सार्वजनिक वक्तव्यबारे प्रष्ट पार्न माग गर्दछौं’ एमाले सांसद टेकराज पछाईले भन्नुभयो ।

पैतृक सम्पत्ति बाँडेजस्तो बजेट आएको एमालेको आरोप छ । मुख्यमन्त्री र मन्त्रीको जिल्ला केन्द्रित बजेट आएको सांसदहरुको आरोप छ । पैदेश सभाप्रति सरकार उत्तरदायी नहुने हो भने सिधै पास गरे हुन्छ भन्दै बजेट सच्चिएर नआउन्जेल कुनै पनि छलफलमा भाग नलिने एमालेको सांसदको भनाइ छ । 

असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने सभाको कार्यसुची छ ।