• १३ मंसिर २०८१, बिहिबार

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

blog

काठमाडौँ, असार ९ गते । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण  सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिएको हो। नायक राजेश हमालले महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताउनुभयो।

सो अवसरमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदै छ। महोत्सवमा छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘दी सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डद्वारा पुरस्कृत गरिने छ। महोत्सवका निर्देशक युवाकार राजकर्णिकारका अनुसार अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने छ।