• २७ वैशाख २०८१, बिहिबार

सिमकोट गाउँपालिकाले सेवा बन्द गर्ने

blog

राजन रावत

हुम्ला, असार ८ गते । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले दुई दिन सेवा प्रवाह बन्द गर्नेभएको छ । कार्यालयका कर्मचारी गाउँसभाको काममा खटिने जनाउँदै सिमकोटले असार ९ र १० गते सेवा बन्द गर्ने भएको हो । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आगामी वर्षको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत हुने र कार्यालयका कर्मचारी त्यसको तयारीमा लागेकाले कार्यालयबाट प्रवाह हुने सवै सेवा बन्द हुने बताउनुभयो । 

सेवाग्राहीलाई सम्पादन हुने सेवा प्रदान गर्न नसकिने भनेर गाउँपालिकाले सूचना जारी गरेको छ । असारमा  महत्वपूर्ण काम हुनेभएकाले सेवाग्राहीप्रति पर्न गएको असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ । ९ गते शनिवार पर्ने भए पनि १० गते आइतबार परेको छ । 

यस पटक सो गाउँपालिका सभा दुई दिन गर्ने तयारी गरेको छ । असार ९ गते सभाका सदस्यसहित अन्य सरोकारवाला पक्षको उपस्थितिमा नीति तथा कार्यक्रम सभामा प्रस्तुत हुनेछ । 

दोस्रो दिन सभाका सदस्यको सहभागिता नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । आगामी वर्षको नीति तथा कार्यक्रमको अन्तिम तयारी गाउँपालिकाले गरिरहेको जनाएको छ ।