क्यानबेरा, असार ८ गते । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानुन अपनाएको छ । तर सो कानुन घोषणाको अर्को दिन शुक्रबार रुसले अष्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम सुरु गरेको छ ।
अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले ‘संवैधानिक आधारमा कानुनको वैधतालाई उच्च अदालतमा चुनौती दिने’ निर्णय गरेको बताएका छन् । रासस/एएफपी