• २७ वैशाख २०८१, बिहिबार

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, असार ८ गते । जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिकाको १ र १२ को सीमानमा पर्ने छेडा खोलामा जाल हाल्न गएका शिवालय गाउँपालिका ९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो ४ बजेतिर जाल हाल्न गएका उनीहरू दुवै जना हात समातेर खोला तर्ने क्रममा लड्दा जालको डोरी हातमा बेह्रिएर उठ्न नसक्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक नवीन चुदालीले माछा मार्न गएका उनीहरू खोला तर्ने क्रममा लडेर डुब्दा स्थानीयले मृत अवस्थामा फेलापारेको जानकारी दिनु भयो । घटनास्थलमा मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा ल्याइने चुदालीले जानकारी दिनुभयो ।