• १३ असोज २०८१, आइतबार

अवैध खोला उत्खननमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा

blog

प्रहरीले नियन्त्रणमा लिएको जेसिवि

विष्णुप्रसाद पोखरेल

दमक, असार १ गते । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं.४ टाङटिङ खोलाबाट बिहीबार बेलुका नम्बर प्लेट नभएको १ वटा जेसिवि सहित तीन वटा टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

नम्बर नभएको जेसेवि, मे.१ ख. ३१५५, प्र.१–०१–००१ क.९२४, मे.१ ख.२८४८ नं.को ३ वटा टिप्पर प्रयोग गरेर अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सवारी साधनहरू आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जेठ मसान्तदेखि खोलामा उत्खनन् प्रतिबन्ध गरिएको हो ।

यसैगरी प्रहरीले बिहीबार झापाको भद्रपुर नगरपालिकाको देउनीया खोलामा अवैध उत्खनन गरेर खोलाजन्य सामाग्री बोक्न प्रयोग भएका चार वटा ट्याक्टर पनि नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो ।