• १३ असोज २०८१, आइतबार

सहकारीको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ

blog

कोकिला ढकाल

इलाम, असार १ गते । इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् । 

पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी संस्थाको पूर्व सचिव र व्यवस्थापक रहँदा संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । 

पोख्रेलले ४२ लाख ६३ हजार ५३६ रुपियाँ ठगी गरेको आरोप रहेको र उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।