• २१ वैशाख २०८१, शुक्रबार

कालिकोट जिप दुर्घटना दुईको मृत्यु

blog

दुर्घटना ग्रस्त जिप । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट, जेठ २५ गते । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउने क्रममा रहेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्काेट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन् ।