• १६ चैत २०८०, शुक्रबार

हिसान दौडमा विकेश र हृदय पहिलो

blog

हिसान दौडका विजेता खेलाडी ।

काठमाडौं, जेठ २२ गते । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो हुनुभएको छ । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो हुनुभएको हो । 

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोस्राे तथा पिनाकलकै नकुल घर्ती तेश्रो हुनुभयो । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं हुनुभयो । 

विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गर्लसमा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोस्राे तथा भेजसकी सुकलामो तामाङ तेश्रो हुनुभयो । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमश: चौथोदेखि छैटौं स्थानमा रहनुभयो । 

ब्वाइज/गर्लस दुवैमा पहिलो हुनेले १५ हजार, दोस्राेले १० हजार र तेस्राे हुनेले ५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । चौथोदेखि छैटौं हुनेलाई सान्त्वना स्वरुप जनही एक हजार रुपि पुरस्कार प्रदान गरियो । 

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

दौडमा करिब तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो ।