• १५ चैत २०८०, बिहिबार

समीक्षा र गोकुलको ‘ए सुवा’ सार्वजनिक

blog

काठमाडौं, जेठ २० गते । समीक्षा अधिकारी र  गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको  भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । 

सुदूरपश्चिमको मौलिक भाषामा आधारित प्रेमिल सम्बोधन हो ‘ए सुवा’ त्यस्तै प्रेमीकाले प्रेमीलाई  ‘ए साई’ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ‘ए सुवा’ मार्फत एक जोडीको रमाइलो प्रेम कथा देखाउन खोज्नुभएको छ।

ए सुवामार्फत् प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रूपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गर्नुभएको छ। गायक गोकुल हाल व्यवसायको सिलसिलामा जापानमा हुनुहुन्छ ।

गायक गोकुलले यसअघि फुलेको फूल, सिकाउँदै छ केही, उडाइलगेछ, आधा परान, कहाँ थियौँ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा लगायतका एक दर्जन बढी गीत बजारमा ल्याइसक्नुभएको छ।