• १३ असोज २०८१, आइतबार

सुरक्षा व्यवस्था सुदृढ गर्न निर्देशन

blog

इनरुवा समाचारदाता

इनरुवा, जेठ १२ गते । जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले बिहीबार सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरूलाई निर्देशन दिएका छन् । केही दिनअघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीले बिहीबार हरिनगरको रामनगर भुटाहा प्रहरी चौकी, घुस्की प्रहरी चौकी, देवानगन्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोचको अनुगमन गर्नुभएको थियो । 

प्रहरी कार्यालयहरू निकै पुरानो र जीर्ण रहेको भए पनि जनताको शान्तिसुरक्षामा खटिएका प्रहरीको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सीमाबाट हुने अवैध ओसारपसार, चोरी तस्कारी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसारलगायतका विषयमा बुधबार मात्रै दुईदेशीय सुरक्षा अधिकारीको बैठकमा छलफल भएकाले त्यसको कार्यान्वयन गर्न अनुगमन गरिएको बताउनुभयो । 

प्रहरी चौकी र सीमाको अनुगमन गर्दै सीमामा कडाइका साथ शान्तिसुरक्षा सुदृढ बनाउन प्रहरीलाई निर्देशन दिएको उहाँको भनाइ छ । अनुगमनमा प्रजिअ पाण्डेसहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, प्रहरी नायब उपरीक्षक राजकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरी र राष्ट्रिय अनुसन्धानका निरीक्षक अरुणकुमार यादव सहभागी हुनुहुन्थ्यो । 

सीमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरूमा कार्यरत प्रहरी कर्मचारीलाई कार्यसम्पादनको व्रmममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोबलका साथ प्रभावकारी भूमिका निर्वाह गर्नसमेत अनुगमनका क्रममा  उत्प्रेरित गरिएको थियो । स्थानीय बासिन्दाका अनुसार कोसी प्रदेशका तराईका जिल्लामध्ये सुनसरी शान्तिसुरक्षाको हिसाबले सामान्य तर संवेदनशील क्षेत्रमा पर्छ । भारतसँग खुला सीमा जोडिएका कारण यहाँ अवैध व्रिmयाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी तस्करी, मानव बेचबिखनलगायतका घटना हुने गरेको गुनासोका बिच सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको स्थानीय बासिन्दाले बताएका छन् ।