साबित्री गिरी
कोहलपुर, जेठ ६ गते । नेपालको पहिलो अवधि भाषाको चलचित्र निर्देशक कैलाश प्रविण सम्मानित हुनु भएको छ । अभागिन बनी सुहागन नामको चलचिन निर्देशन गर्नुभएको प्रविणलाई चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले शनिबार एक समारोहकाबीच सम्मान गरेको हो ।
उक्त चलचित्र नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । चलचित्र पत्रकार संघ नेपालको २४ औं स्थापना दिवस र बाँके शाखाको दोस्रो वार्षिक उत्सव समारोहमा प्रविणलाई विशेष सम्मान गरीएको चलचित्र पत्रकार संघ बाँकेले जनाएको छ । उहाँले पहिलो अडियो गीत व्यवसायिकरणसँगै चलचित्र तथा कला क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।
चलचित्र पत्रकार संघका अध्यक्ष राम चन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र क्षेत्रमा कलम चलाएपछि पत्रकार ज्ञानुसंगम खड्कालाई पनि सम्मान गरिएको थियो। कार्यक्रमममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष शुक्रऋषी चौलागाइले चलचित्र क्षेत्रलाई पर्यटनसँग जोड्दै कला र संस्कृतिको जगेर्ना गनुपर्ने बताउनुभयो । उहाँले चलचित्र विधा पत्रकारिता क्षेत्रको सशक्त विधा भएकाले यसले सामाजिक विकासमा र एकतामा पनि बल पुग्ने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गाा रोकाय, क्रियाशिल पत्रकार महिला बाँके अध्यक्ष साबित्री गिरी र कलाकार श्यामानन्द सिंह लगायतले बोल्नुभएको थियो ।