• २ असार २०८१, आइतबार

सार्वजनिक बाटो बन्द हुँदा आवतजावतमा समस्या

blog

देवराम प्रसाद यादव

सप्तरी, जेठ  ६ गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।

सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अरूको समस्या जानेरसमेत बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन्। 

गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसँग वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक व्यक्तिले गर्दा अर्को व्यक्तिले बन्द गरेका छन् भने अरुको  सहभागी रहेको स्थानीयको आरोप छ । 

सो बाटो खोलाउन स्थानीय राधे श्याम यादवले गाउँपालिकमा न्यायिक समितिमा २०७७ कार्तिक १६ गते तीन सय दस्तुर तिरेर निवेदन दर्ता गर्दा पनि हालसम्म कुनै टेरपुच्छर नलगाएर गापा पदाधिकारी मौन बसेको स्थानीयको आरोप छ ।  गापाका उपाध्यक्ष अर्चनाकुमारी यादवका अनुसार पुरानो मुद्दामा तारेख छोडेर बसेका कारण त्यो मुद्दा अहिले तामेलीमा रहेकोले नयाँ शिराबाट प्रकृया अगाडी बढाउनको लागी पुनः मुदा दर्ता गर्नु पर्ने बताउनुभयो ।  

यसरी सर्वसाधारणले प्रयोग गर्ने बाटो बन्द गर्ने अधिकार कसैलाई हुँदैन । त्यसमाथि पनि गाउँपालिकाका र वडाध्यक्षले केही प्रतिक्रिया न देखाउँदा त्यहाँका जनता हतास भइसकेको छ र संलग्नतामा बाटो बन्द गरिनु त अझै घोर आपत्तिजनक हो ।

सप्तरीमा बाटो मिच्ने गरिएका घटना यसअघि पनि पटक–पटक भइसकेका छन् । कथित उपल्लो जातिकाले दलित वस्तीमा बाटो बन्द गरेका समाचार पनि पटक पटक आएकै हुन् । यस्ता कुरालाई सम्वेदनशील रुपमा लिन नसकेर हो वा बुझेर पनि बुझ पचाउने गरेका कारणले हो, बाटो बन्द गर्ने घटना हुन छाडेका छैनन् । 

विगतमा साना विवाद हुँदा वा चित्त नबुझदा पनि सडक अवरुद्ध हुने गरेका थिए । सर्वसाधारणले निर्वाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको थियो । गाउँघरमा यस प्रकारका घटना अहिले पनि भइरहेको कारण यस्तो सम्जेदनशील विषयमा सरोकारवालाहरुले बन्दकर्तालाई सम्झाउने तथा सार्वजनिक स्थलको महत्वका बारेमा जानकारी दिएर भविष्यमा यस्तो काम हुन नपाओस् भन्नेतर्फ चासो लिन जरुरी छ ।