• १३ साउन २०८१, आइतबार

राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कार स्थापनामा लागि पर्नेछु : कुलपति भूपाल राई

blog

काठमाडौं, जेठ २ गते । साहित्यिक पत्रकारिताको उन्नायनमा समर्पित  नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय  कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुई वटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो । 

साथै, साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाईसमेत समेट्न प्रयत्नरत रहेको उहाँले बताउनुभयो ।  यस अवसरमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, अगिब बनेपाली, राजन मुकारुङ, अमर न्यौपाने, डा.कौशिला रिसाल र हंसावतीकुमारी कुर्मीको उपस्थिति रहेको थियोे  । 

यसक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष बालिका गिरी, महासचिव चेतनाथ धमला, सचिव होमशङ्कर बास्तोला, कोषाध्यक्ष सूर्य लाकोजूले आआफ्नो धारणा राख्नुभएको थियो । सङ्घका केन्द्रीय सदस्य डा.शैलेन्दु नेपाल, गायत्रीकुमार चापागाईं, अर्जुन तामाङ, नानीमैयाँ अधिकारी, डा शैलेन्दुप्रकाश नेपाल, जगत वाशिष्ठ लगायतका केन्द्रीय सदस्यको उपस्थिति थियोे । 

यस प्रतिनिधि मण्डलमा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, लोकभावनाका प्रवन्धक रमणलाल समेतको सहभागिता थियोे ।