• १३ साउन २०८१, आइतबार

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई

blog

रुपन्देही, जेठ २ गते । लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्कीले पाउनुभएको छ । उहाँ नेकपा (माओवादी केन्द्र) का तर्फबाट गत वैशाख १४ गते बिनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो ।

नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बन्नुभएका डिल्लीबहादुर चौधरीले आइतबार आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई दिनुभएको हो । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिपरिषद् बनेको छ । जसमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डे बिना विभागीय मन्त्री हुनुहुन्छ । उहाँहरूले कुनै जिम्मेवारी पाउनुभएको छैन ।

Author

भुवन कार्की