• १३ असोज २०८१, आइतबार

तीर्थयात्री चढेको बस दुर्घटनामा चार घाइते

blog

रोकेर राखेको स्थानदेखि मकै बारीमा खसेको बस । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, जेठ १ गते । ताप्लेजुङमा अवस्थित पाथिभरा देविको दर्शन गर्न हिँडेका यात्री चढेको बस दुर्घटना हुँदा चार जना तीर्थयात्री घाइते भएका छन् । मे १ ख १९९४ नम्बरको बस सोमबार अपरान्ह पाँचथरको फिदिम नगरपालिका २ नेपालटार भन्ने स्थानमा रोकि राखेकै स्थानमा ब्याक सर्दा उनीहरु घाइते भएका हुन् ।

खाना खानका लागि रोकेको बस अचानक ५ मिटर पछाडी सर्दा बस भित्रै बसिरहेका चारजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले जानकारी दिनुभयो ।

घाइते हुनेमा सर्लाहिको लालबन्दी १० की यामकुमारी माझी, लालबन्दी ६ की अदिताकुमारी मगर, सर्लाही बागमती १२ का बद्रीवहादुर कुश्वाहा र सर्लाहि हरिवन १२ बस्ने संसारीमाया मगर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारार्थ फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा चालक सहित ३३ तीर्थयात्री सवार थिए । चालक सोमनाथ भट्टराई सहित २९ यात्रु सकुसल छन् ।