शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १ गते । ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेस गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
१६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिनी यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौँला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहनु भएको छ ।
सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि सात दिनको समय दिइएको छ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरूको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।