• १३ असोज २०८१, आइतबार

आगलागीबाट १० लाख बढीको क्षति

blog

फाइल तस्बिर

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), बैशाख २९ गते । इलामको माई नगरपालिका –२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर जलेर नष्ट भएको छ । घरमा अचानक आगलागि हुँदा करिब १० लाख बढीको क्षति भएको छ । 

लिम्बूको ६ वटा कोठा भएको दुई तले घर आगलागीबाट पूर्णरुपमा नस्ट भएको छ । आगलागी कसरी भएको हो खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । चार जनाको परिवार बस्दैआएको लिम्बूको घरमा कोही नभएको समयमा आगलागी भएको थियोे । 

बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । लिम्बूको घरमा रहेको करिव ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाँडाबर्तन लगायतका सामग्री  जलेर नस्ट भएको  माई २ का वडाध्यक्ष उर्दबहादुर राइले जानकारी दिनुभयो ।