• २३ वैशाख २०८२, मङ्गलबार

गोदावरी मेयर कप : तारकेश्वर र कोन्ज्योसोमको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोमका खेलाडी ।

काठमाडौँ, वैशाख २३ गते । काठमाडौँको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् । 

च्यासल मैदानमा मङ्गलबार भएको खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका हुन् । वर्षाका कारण गोदावरी बहुउदेश्यीय रङ्गशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो । तारकेश्वरका लागि सुजन महर्जन र कन्ज्योसोमका लागि अनिल तामाङले गोल गर्नुभयो । 

यो नतिजासँगै समूह ‘डी’ बाट तारकेश्वर र कोन्ज्योसोमले एक एक अङ्क बनाएका छन् । खेलको म्यान अफ दी म्याच अनिल तामाङ हुनुभयो । जेठ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् ।