• १३ असोज २०८१, आइतबार

इनरुवाको विद्यालय अनुगमन जारी, सुधारका लागि आग्रह

blog

इनरुवाको विद्यालय अनुगमन हुँदै ।

राजेश यादव 

इनरुवा, वैशाख २६ गते । जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले आफ्नो अनुगमनलाई निरन्तर जारी राखेको छ ।

महासङ्घको टोलीले सोमबार इनरुवा २ को बालमन्दिर मावि, आइतबार इनरुवा ९ को बीपी मेमोरियल आधारभूत विद्यालय र इनरुवा २ को राजाजी माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आधारभूत तहका शिशुदेखि कक्षा ५ र ६ सम्मका बालबालिकाहरूको खाजामा सुधार गर्न र गुणस्तरमा ध्यान दिन, शिक्षक र प्रअका बीचमा तथा प्रअ र अध्यक्षको बीचमा रहेको असमझदारीहरूलाई हटाई शैक्षिक गुणस्तर कायम गर्न सुझाव दिएको महासङ्घले जनाएको छ ।

कक्षा ६ मुनिका विधार्थीहरुमध्ये ६० प्रतिशतमा अक्षर चिन्ने समस्या रहेको, कक्षाकोठामा शिक्षकको क्रियाशीलता र जागरूकताको कमी रहेको पाइएको महासङ्घ उपाध्यक्ष विश्वनाथ ओझाले जानकारी दिनभयो ।