• १३ असोज २०८१, आइतबार

नेत्र ज्योति सङ्घ ताप्लेजुङमा नयाँ नेतृत्व सर्वसम्मत

blog

नेपाल नेत्र ज्योति सङ्घको नवनिर्वाचित जिल्ला कार्यसमितिलगायत ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङस्थित नेपाल नेत्र ज्योति सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न सङ्घको १० औँ जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । 

सङ्घको उपसभापतिमा खगेन्द्र अधिकारी, सचिवमा डिल्लीरमण पौडेल, सहसचिव युवराज गिरी, कोषाध्यक्ष निरोज श्रेष्ठ र सहकोषध्यक्षमा लक्ष्मीमाया वनेम चयन हुनुभएको छ । सदस्यहरूमा वाङ्गे शेर्पा, खगेन्द्र नेपाली, कुमार श्रेष्ठ, ज्ञानबहादुर गुरुङ, आनन्द गौतम, देवराज गुरुङ र मित्राकुमारी लिम्बू चयन हुनुभएको छ ।

नेत्र ज्योति सङ्घको जिल्ला सभापतिमा राजकुमार गुरुङ र खगेन्द्र अधिकारीको दाबी रहे पनि अन्तिममा आएर गुरुङ सभापति रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निवर्तमान कार्यसमितिमा गुरुङ उपसभापति र पत्रकारसमेत रहनुभएका अधिकारी सचिव हुनुहुन्थ्यो । कार्य समितिको कार्यकाल चार वर्षको हुने छ ।