• १० पुस २०८१, बुधबार

विद्यालयमा अझै पुग्न सकेन पाठ्य पुस्तक

blog

राजन रावत

हुम्ला, वैशाख २२ गते । मुुगुु जिल्लासँग सिमाना जोडिएको चङ्खेली गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुुग्न सकेको छैन । पुस्तक ढुवानीकर्ताले गाउँपालिकाकै सलीसल्लाको गोदामसम्म पुस्तक पुर्याएको भएपनि गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि पाठ्यपुस्तक सलीसल्लामै थन्किएको हो ।

गाउँपालिकाको चरम लापरवाहीका कारण चंखेली गाउँपालिकाभित्रका २६ वटा विद्यालयमा एक हजार नौं सय ८० जना विद्याथीर्ले पाठ्यपुस्तक पाउनबाट वञ्चित हुनुु परेको छ। शैक्षिक सत्र सुरू भएर भर्ना अभियान सम्पन्न भइ पढाई सुुरु भएके एक महिना अगाडी सलीसल्लामा पुुगेका पुस्तक गाउँपालिकाले सलीसल्ला बजार गएर नलिएपछि विद्यार्थीहरुको हातमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो । 

पुस्तक ढुवानीकर्ता मानदेव शाहीले गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीसँग टेलिफोन सम्पर्क गर्दा उहाँ आउन नमानेको बताउनुुभयो । उहाँले गाउँपालिका अध्यक्ष शाही पुस्तक नबुुझन आदेश दिएको कारण गाउँपालिकाले पाठ्यपुस्तक नबुुझ्दा सलीसल्ला बजारको गोदामै थन्किएको बताउनुुभयो । अध्यक्ष शाहीले विद्यालय र गाउँपालिकालाई पुस्तक नबुुझन र आफ्नै मान्छे ढुवानी गरेर ल्याएको पुस्तक बुुझ्ने भनाई राख्दै आएको  ढुवानीकर्ता शाहीको भनाइ छ । उहाँले आफूले समयमै पुस्तक ल्याएको तर गाउँपालिकाले बुुझ्न नमाने आफुुले केही गर्न नसक्ने र जनक शिक्षा सामाग्री केन्द्रलाईसमेत सो कुरा जानकारी गरि सकेको बताउनुुभयो । 

चैत २४ गते पाठ्यपुस्तक बुझेर चैत २७ गते चंंखेली गाउँपालिकाको सलीसल्ला बजार पु्गेका थिए । सर्केगाड गाउपालिकाका सबै विद्याालय  पुस्तक पुगिसकेका छन् । त्यसैगरि जिल्लाका अन्य पाँच वटा गाउँपालिकामासमेत पुस्तक पुगीसकेका छन् ।