• १३ साउन २०८१, आइतबार

बेलहिया नाका मङ्गलबारदेखि ४८ घण्टा बन्द हुने

blog

रुपन्देहीको बेलहिया नाका आजदेखि बन्द गरिँदै: भुवन कार्की

भुवन कार्की

रुपन्देही, वैशाख १९ गते । भारतको उत्तर प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर आज मंगलबार साँझदेखि रुपन्देहीको बेलहिया नाका बन्द गरिँदै छ । 

उत्तर प्रदेशको महराजगंज जिल्ला नगर निकायको निर्वाचन मे ४ मा हुने भएकाले चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको हो ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरू बन्द गर्न लागिएको हो । 

चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

सीमा बन्द भए पनि अति आवश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेक अन्यको हकमा आवतजावत समेत बन्द रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।