काठमाडौं, वैशाख १४ गते । ललितपुरको फ्रेन्ड्स क्लब र विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका बराबरी खेल्दै खक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा एपीएफले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।
२७औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफको उत्साह जगाउनुभएको थियो । तर ५२औं मिनेटमा फ्रेन्ड्सका राफिक अमिनुले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
एपीएफ र फ्रेन्ड्स दुवैको लिगमा तेस्रो बराबरी हो । बराबरीसँगै १३ खेलबाट १८ अङ्क बनाएको एपीएफ छैटौं स्थानमा छ । समान खेलबाट १५ अङ्क बनाएको फ्रेन्ड्स १०औं स्थानमा छ ।