• १३ साउन २०८१, आइतबार

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत

blog

नेपाली क्रिकेट टिम । तस्बिर : क्यान

काठमाडौं, वैशाख १४ गते । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’को अन्तिम खेलमा बिहीबार नेपालले कतारलाई र समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनेको हो । मुलपानी मैदानमा बिहीबारनै भएको समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो ।

जितका लागि दुई सय ७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउन सक्यो । यसअघि कुवेतले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । 

जितसँगै कुवेतले चारखेलबाट ६ अङ्क बनायो । उपविजेता युएईले ६ अङ्क जोडेको छ । कुवेतसँग हारेसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पाँच अङ्क  बनाएको हङकङका लागि अन्तिम खेल दुःखद् बन्यो ।

समूह ‘बी’ बाट बहराइन र सिंगापुर बाहिरिसकेका छन् । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।


यो पनि पढ्नुहोस

नेपाल अपराजित रहँदै सेमिफाइनलमा